सरकार सम्बद्ध कुनै पनि व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको नबिल बैंकले बताएको छ । 
विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले विज्ञप्ति जारी गरेको हो।
नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं । यस्ता समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं । बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको छ ।
नबिल बैंक नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति यहा“हरूको विश्वासको लागि हार्दिक आभार व्यक्त गर्दछ । बैंकको विज्ञप्तिमा उल्लेख छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया