काठमाडौं । वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । उता, अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रुपमा भइरहेको थियो ।
विमानस्थल कार्यालयका अनुसार मौसम अनुकुल भएकोले काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरमा आज बिहान उडान भइसकेको छ ।
पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको बताइएको छ ।










प्रतिक्रिया