महालक्ष्मी लाइफमा ५० जनालाई रोजगारीको अवसर, शैक्षिक योग्यता स्नातक उत्तिर्ण

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि ५० जना कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सोमबार विज्ञापन जारी गर्दै ब्राञ्च म्यानेजर, मार्केटिङ एसिस्टेन्ट र एसिस्टेन्ट फ्रन्ट अफिसका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले ब्राञ्च म्यानेजर पदका लागि १० जना, मार्केटिङ एसिस्टेन्ट पदका लागि २० जना र एसिस्टेन्ट फ्रन्ट अफिसका २० गरी कुल ५० जना कर्मचारी राख्न लागेको हो ।

काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शाखा कार्यालयका लागि इन्स्योरेन्सले कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले माग गरेको तीन वटै पदका लागि व्यवस्थापन, बैंकिङ्ग र बीमा विषयमा स्नातक उत्तिर्णले आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जनवरी १२ सम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।