टि–२० विश्वकप छनोटमा आज नेपाल र कतार भिड्दै


आईसीसी टि–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत आज नेपालले कतारसँग आफ्नो महत्वपूर्ण खेल खेल्दैछ ।

यो खेल नेपालका लागि अति महत्वपूर्ण मानिएको छ, किनभने जितले विश्वकपको यात्रा सहज बनाउनेछ । नेपाली टोलीले पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै लय समातेको छ । कप्तानले टिम उत्साहित रहेको र जितका लागि पूर्ण तयारी भएको बताएका छन ।

आइतबार भएको रोमाञ्चक खेलमा नेपालले युएईलाई १ रनले हराउँदै महत्वपूर्ण जीत हात पारेको थियो ।

कतार पनि बलियो प्रतिस्पर्धी मानिएको छ, तर नेपाली क्रिकेट प्रेमीहरू आजको खेलमा नेपालको जीतको आशा गरेका छन् ।

 

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।