मेगा बैंकको अभिभावक बचत खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने

0
Shares

मेगा बैंकले अभिभावक बचत खाता संचालनमा ल्याएको छ ।

बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित पार्ने उद्देश्यले यस खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खाता न्यूनतम पाँच सय रुपैयाँमा खोल्न सकिन्छ । वार्षिक ४.५० प्रतिशत व्याजदर पाइने यो खातावाला अभिभावकको ५ लाख सम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ ।

साथै बैंकले नि:शुल्क चेकबुक तथा अनलाइन बैंकिङ्ग, नि:शुल्क भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्गको पनि सुविधा दिएको छ ।

खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने र डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी विभिन्न सुविधाहरु समेत रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।