सेयर बजारमा दाहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा खुम्चियो


काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १९.४३ अंकले घटेर २५२८.१६ अंकमा पुगेको छ । नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि ३ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

मंगलबार कारोबारमा आएका ३१७ कम्पनीका ७४ लाख ८८ हजार २७३ कित्ता सेयरहरु ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सोमबार नेप्से ४४.२५ अंकले बढ्दा कारोबार रकम ४ अर्ब ६० करोड ७३ लाख ३७ हजार रुपैयाँ पुगेको थियो
व्यापार समूह १.४८ प्रतिशतले बढेको बजारमा अन्य समूह ०.७९ प्रतिशत र म्याचुअल फण्ड समूह ०.०६ प्रतिशतले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

शुभम् पावर र ग्रामीण विकास लघुवित्त सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.८६ प्रतिशत, विन्ध्यवासीनी हाइड्रोपावरको सेयर मूल्य ५.३१ प्रतिशत र सुपर माई हाइड्रोपावरको सेयर मूल्य ४.८४ प्रतिशतले बढेको छ ।

यता, समाज लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सामुदायीक लघुवित्तको सेयर मूल्य ७.५४ प्रतिशत, माई खोला हाइड्रोपावरको सेयर मूल्य ६.७२ प्रतिशत, एसीयन हाइड्रोपावरको सेयर मूल्य ६.१८ प्रतिशतले र भुगोल इनर्जीको सेयर मूल्य ५.१३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ३२ करोड ७ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार सहिहत अग्र स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा १ हजार २९१ पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब २६ अर्ब ४२ करोड ८३ लाख २२ हजार रुपैयाँ कायम भएको छ । सोमबार कुल बजार पूँजीकरण ४२ खर्ब ५८ अर्ब ९२ करोड २० लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।