इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

0
Shares

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे ।

युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

इन्स्ट्यान्ट क्यासका रूपमा चिनिने ग्लोबल मनि ट्रान्स्फर युएइको इमिरेट्स् पोष्ट गु्रपबाट प्रवद्र्धित एक स्थापित कम्पनी हो । यो कम्पनी विश्व रेमिट्यान्स्को क्षेत्रमा तिब्र रूपमा बजार विस्तार गर्न सफल भएको छ ।

युएइमा प्रधान कार्यालय रहेको यस कम्पनीले कतार, ओमान, बहराइन, भारत, पाकीस्तान, बंलादेश र फिलिपिन्स्मा तिब्र रूपमा बजार विस्तार गरिरहेको छ भने २ लाख ५० हजार एजेन्ट नेटवर्कबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

इसेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १५ : ३४ बजे