श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?


काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको आइपिओमा आजसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बाँडफाँड गरी गत आयबारबाट सर्वसाधारणका लागि खुलाएको थियो । उक्त आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

यसमध्ये पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँड गरिसकिएको छ। साथै, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूलाई वितरण गरि बाकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको थियो ।

कँपनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

हालसम्म कति पर्यो आवेदन ?

कम्पनीको आईपीओमा १३ लाख १४ हजार १५३ जनाले १ करोड ४७ लाख ८१ हजार ७०० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा १ अर्ब ४७ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  ०९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।