सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा सञ्जाल १२० पुगेको छ ।

बैंकको बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाण्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट उद्घाटन भएको हो ।

यसैगरी काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट र काठमाण्डौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो ।

सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

चालु आवको असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।