सेयर बजारमा वियरिस ट्रेण्ड कायमै, बिहीबार दोहोरो अंकको करेक्सन


काठमाडौं । साताको कारोबाको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । बिहीबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ अंकमा पुगेको छ ।

आइतबार कारोबारमा आएका ३११ मध्ये ४५ ओटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबारको ३६ हजार ५३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयरहरु ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँमा किनबेच भएका छन् ।

बुधबार नेप्से २२.५८ अंकले घट्दा कारोबार रकम ३ अर्ब २ करोड १२ लाख २७ हजार रुपैयाँ पुगेको थियो । मंगलबार १९.४३ अंकले घट्दा ३ अर्ब २६ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

बिहीबार म्यूचअल फण्ड समूह ०.२१ प्रतिशत र वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढ्दा अरु सबै उपसुचक राताम्मे भएका छन् । अन्य समूह सबैभन्दा बढी २.२१ प्रतिशतले घटेको बजारमा वित्त समूह १.२० प्रतिशत, विकास बैंक समूह १.१५ प्रतिशतले र जलविद्युत समूह १.०३ प्रतिशतले घटेको छ ।

हिमालयन पावरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा कालीका लघुवित्तको सेयर मूल्य ५.६९ प्रतिशत, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशतले र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य ३.७९ प्रतिशतले बढेको छ ।

यता, समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्दा युनिक नेपाल लघुवित्तको सेयर मूल्य ७.३३ प्रतिशत, समता घरेलु लघुवित्तको सेयर मूल्य ६.२५ प्रतिशत, उपर स्यांजे हाइड्रोपावरको सेयर मूल्य ४.८७ प्रतिशतले र नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ४.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा १५ करोड ३० लाख ९७ हजार रुपैयाँको कारोबार सहित मुक्तिनाथ विकास बैंक अग्र स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा ३ लाख ५० हजार ७४० इकाईको कारोबार सहित र कारोबार संख्याको आधारमा पनि १ हजार ३०८ पटकको कारोबार सहित मुक्तिनाथ विकास बैंक नै शीर्ष स्थानमा रहेको छ ।

बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४१ खर्ब ५७ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बुधबार कुल बजार पूँजीकरण ४१ खर्ब ८८ अर्ब ६७ करोड ४० लाख रुपैयाँ कायम भएको थियो । मंगलबार बजार पूँजीकरण ४२ खर्ब २६ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।