काठमाडौं । सेयर बजार परिसुचकमा दोहारो अंकको सुधार आएको छ । आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३.८५ अंकमा पुगेको छ । नेप्से परिसुचकमा सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ ।
आइतबार २८ हजार ७३७ पटकको कारोबारमा ६१ लाख ९९ हजार ९२९ कित्ता सेयरहरु २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँमा किनबेच भएका छन् ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १८.४० अंकले घट्दा कारोबार रकम ३ अर्ब २३ करोड ४५ लाख ९६ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार आत्मनिर्भर लघुवित्त, हिमालयन पावर र भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एसीयन हाइड्रोपावरको सेयर मूल्य ७.८० प्रतिशतले बढ्दा अभियान लघुवित्तको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स २८ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्र स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा युनियन हाइड्रपावर ३ लाख ४४ हजार ६९८ इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबारमा आएका इकाई संख्याको आधारमा हिमालयन डिस्ट्रीलरी २ हजार ६२ पटकको कारोबार सहित अग्र स्थानमा छ ।
आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४१ खर्ब ८५ अर्ब ७७ करोड ३३ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार कुल बजार पूँजीकरण ४१ खर्ब ५७ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया