पहिलो त्रैमासमा वैदेशिक व्यापार ५ खर्ब नाघ्यो, आयातमा १९.७९ प्रतिशतको वृद्धि


काठमाडौं । चालु आर्थिक वर्ष २०८२\ ८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१\८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

भन्सार विभागका अनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो । गत वर्ष असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, निर्यात व्यापारमा समेत उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो ।

विभागका अनुसार असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत वर्ष यो घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।