काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज मंगलबार चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९२० रुपैयाँ कायम भएको महाँसंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७८.१२ अमेरिकी डलर र चाँदी ४६.७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया