सुनको मूल्यमा निरन्तर गिरावट, आज तोलामा ७०० रुपैयाँले घट्यो


काठमाडौँ । नेपाली बजारमा सुनचाँदी मूल्य घट्ने क्रम जारी छ । आइतबारदेखि निरन्तर ओरालो लागेको सुन बुधबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार २ हजार र मंगलबार २ हजार ९०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज बुधबार चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९५९.३६ अमेरिकी डलर र चाँदी ४७.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।