नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको छ । परिसूचक आज ५.१७ अङ्कले घटेर २ हजार ५६६.१६ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह २.१५, जलविद्युत् ०.०१, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३४, विकास बैंक ०.९१, वित्त ०.७७, लगानी ०.१७, जीवन बिमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फण्ड ०.०८, निर्जीवन बिमा ०.१९ र अन्य समूह १.२० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको २३ करोड ६५ लाख २९ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको ६ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।