सनराइज बैंकको ७४ करोड बढीको लाभांश पारित

0
Shares


सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा पुस २४ गते सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने २२ करोड २४ लाख १ हजार ७२३ रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ कायम भएको छ

बैकले हाल १३९ वटा शाखा, ६१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।