काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ अंकमा पुगेको छ ।
बिहीबार ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयरहरु ५३ हजार ११२ पटक किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँको करोबार भएको छ ।
बुधबार नेप्से ५.१७ अंकले घटेर २५६६.१६ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार जलविद्युत समूह २.६७ प्रतिशतले बढेको बजारमा निर्जीवन बीमा समूह १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.७४ प्रतिशत, वित्त समूह र लघुवित्त समूह १.६० प्रतिशतले बढेका छन् । यस्तै लगानी समूह १.३५ प्रतिशतले बढ्दा, विकास बैंक समूह १.२३ प्रतिशतले बढेको छ । बिहीबार सबै उपसुचकमा हरियाली देखिएपनि म्याचुअल फण्ड समूह ०.१८ प्रतिशतले घटेको छ ।
गुँरास लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सुपर म्यादी हाइड्रोपावरको सेयर मूल्य ९.५४ प्रतिशत, गणपति लुघवित्तको सेयर मूल्य ९.४६ प्रतिशतले र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।
बिहीबार कारोबार रकमको आधारमा हिमालयन बैंकको प्रमोटर सेयर १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि हिमालयन बैंक प्रमोटर १४ करोड ६ हजार २३० इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा भने १ हजार ५४० पटकको कारोबार सहित रादी विद्यूत शीर्ष स्थानमा रहेको छ ।
बिहीबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ४७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४२ खर्ब ८९ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया