सेयर बजारमा करेक्सन, कारोबार रकममा पनि गिरावट


काठमाडौं । सोमबार सेयर बजार परिसुचकमा करेक्सन आएको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२.८९ अंकमा पुगेको छ ।

सोमबार कारोबारमा आएका ३३३ कम्पनीका १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयरहरु ५४ हजार ८९२ किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको थियो ।
सोमबार सबैभन्दा बढी जलविद्युत समूह र जीवन बीमा समूह समान १.०५ प्रतिशतले घटेको बजारमा लघुवित्त समूह ०.६३ प्रतिशत, बैंकिङ्ग समूह ०.२२, वित्त समूह ०.१२ प्रतिशत, निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले घट्दा अरु सबै उपसुचकमा सामान्य वृद्धि भएको छ ।

समग्र बजार घट्दा पनि मुक्तिनाथ कृषि कम्पनी र एक्सेल विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, इस्ट्रन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा सामुदायीक लघुवित्तको सेयर मूल्य ७.३७ प्रतिशत, के्रष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५.९२ प्रतिशत, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ४.६८ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ४.५५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिभम् सिमेन्ट ३७ करोड ६८ लाख २४ हजार रुपैयाँको कारोबार सहित अग्र स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ६ लाख १९ हजार ११४ इकाईको कारोबार सहित शिभम् सिमेन्ट नै शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स २ हजार ९६ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब ८४ अर्ब ७८ करोड ९८ लाख ८ हजार रुपैयाँ कायम भएको छ । आइतबार कुल बजार पूँजीकरण ४३ खर्ब ९८ अर्ब ५७ करोड १४ लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।