हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बिहीबार बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।   सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  ०६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।