लघुवित्त संस्थाहरुलाई आधा दर्जन शर्तसहित पुनरकर्जाका लागि आवेदन दिन आग्रह

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले यस्ता संस्थालाई आधा दर्जन शर्त समेत राखेको छ ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सूचना प्रकाशित गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले आफ्नो संस्थाको संचालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले विभिन्न ६ वटा शर्त पनि तोकेको छ ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जा माग गर्ने संस्थाको अघिल्लो त्रैमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्नेछ, आवेदन गर्ने संस्थाको पूँजीकोष अघिल्लो त्रैमासमा राष्ट्र बैंकले तोके बमोजिम भएको हुनुपर्नेछ ।

यसैगरी विगत ३ वर्षदेखी संस्थाका कार्यकारी तथा संचालकहरुलाई कुनै प्रकारको कारबाही नभएको हुनुपर्ने, कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, विगत एकवर्षमा राष्ट्र बैंकको कारबाहीमा नपरेको हुनुपर्ने शर्त राखेको छ । साथै पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुनेगरी ब्याजदरमा समायोवन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २७ पुस २०७७, सोमबार  १० : ०३ बजे