नेपाल इन्भेष्टमेन्ट बैक संचालक समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैकले संचालक समितिको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

बैंकले माघ ८ गते बिहीबार हुने ३४ औँ साधारण सभाबाट सर्वसाधरण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्न लागेको हो ।

चुनावको कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन पुस २८ गते, मतदाता नामावली उपर दावी विरोध पुस २९ गते , अन्तिम मतदाता नामावली प्रकाशन माघ ३ गते, उम्मेदवार मनोनयन पत्र दर्ता माघ ४ गते, उम्मेदवार प्रथम नामावली प्रकाशन माघ ४ गते दिउसो १ बजे रहेको छ ।

यस्तै उम्मेदवारको नाम उपर दावी विरोध उजुरी माघ ४ गते दिउसो २ बजेदेखि ३ बजेसम्म , उम्मेदवारको नाम फिर्ता लिने माघ ४ अपरान्ह् ४ बजेदेखि ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ४ गते साँझ ६ बजे र मतपत्र वितरण तथा मतदान माघ ८ गते हुने बैंकले जनाएको छ ।

संचालकको लागि उम्मेदवारले सर्वसाधरण समूहको शेयर कम्तीमा ३० कित्ता लिएको र निजको नाममा बैंकको संस्थापक वा संस्थापक समुहको कुनै शेयर हुनु नहुने बैंकले जनाएको छ ।

साथै सो साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत वोनश शेयर र ५.५० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।