नेपालद्वारा युएई सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई०लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा ७ चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन् । त्यस्तै कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।

यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान २/२ विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।