प्राइम लाइफको १५ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी २ अर्ब ४१ करोड

0
Shares

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्दै १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आज सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (करसहित) कुल १५ प्रतिशत लाभांश पारित गरेको हो । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १७ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको थियो । यसअनुसार पुस १६ गत बिहीबार सम्म कारोबार भई शेयरधनी कायम रहेका शेयरधनीहरुले लाभांश पाउनेछन्।

सभा कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा सम्पन्न भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।