काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको छ ।
शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । आज ३५६ कम्पनीका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयरहरू ४३ हजार ६८५ पटक किनबेच भएका हुन् ।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँ बराबर पुगेको थियो ।
शुक्रबार १०.७५ प्रतिशत एनएमबी डिभेन्चर २०८९/९० को इकाई मूल्य १४.२६ प्रतिशतले बढेको बजारमा १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को इकाई मूल्य ८.८० प्रतिशतले, मान्दु हाइड्रोपावरको सेयर मूल्य ५.४५ प्रतिशत, लक्ष्मी उन्नत्ती कोषको सेयर मूल्य ४.६२ प्रतिशतले बढेको छ ।
यता, सिन्धु विकास बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको बजारमा धौलागिरी लघुवित्तको सेयर मूल्य ४.९५ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ४.३६ प्रतिशत, एपोलो हाहइड्रोपावरको सेयर मूल्य ४.२४ प्रतिशतले र सर्वोत्तम पेन्टको सेयर मूल्य ४.१४ प्रतिशतले घटेको छ ।







