स्रोत नखुलेको नगद र चेक सहित सोमबार बिहान प्रहरीले २६ वर्षीय राम कुमार गुरुङलाई पक्राउ गरेको छ । 
प्रहरीले चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट ३७ लाख रुपैया नगदँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित गुरुङलाई प्रकाउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ चितवन माडी नगरपालिका ६ बस्ने हुन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद र चेक सहित पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया