काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८९.८८ अमेरिकी डलर र चाँदी ४८.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया