४ दिनमा १६ व्यवसायिक कम्पनीलाई ५५ हजार जरिवाना


काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १६ वटा व्यवसायिक कम्पनीलाई ५५ हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले कार्तिक १६ गतेदेखि आजसम्म गरेको संयुक्त बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्ने र बिलको प्रयोग नगर्ने फर्महरुलाई कारबाही गरेको हो ।

काठमाडौँ, भक्तपुर र ललितपुका किराना पसल, कपडा पसल, मदिरा पसल, औषधी पसल लगायतमा विभागले अनुगमन गरेको हो।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।