नागरिक लगानी कोषको हकप्रद शेयरका लागि आवेदन खुल्यो

0
Shares

नागरिक लगानी कोषले पुस २८ गते मंगलबारदेखि हकप्रद शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ। 

कोषले हाल कायम चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो ।

कोषले एक सय रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो

कोषको हकप्रदमा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट माघ १९ गते सम्म आवेदन दिन सकिनेछ।

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।