काठमाडौं । सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्शन आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ अंकमा पुगेको छ ।
कारोबारमा आएका ३२० कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहीबार ५० हजार ४३७ पटकको कारोबारमा १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयरहरु ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत र म्याचुअल फण्ड समूह ०.१९ प्रतिशतले बढ्दा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
समग्र बजार घट्दा पनि धरमखोला हाइड्रो इनर्जी र मबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्तको सेयर मूल्य ८.१५ प्रतिशतले बढेको बजारमा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ८.११ प्रतिशत र मानुषी लघुवित्तको सेयर मूल्य ७.९७ प्रतिशतले बढेको छ ।
यता, सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । पिपुल्स पावरको सेयर मूल्य ४.३७ प्रतिशतले घट्दा मादी इनर्जीको सेयर मूल्य ३.०७ प्रतिशतले घटेको छ ।
बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब ४१ अर्ब ३८ करोड ८ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पुँजीकरण ४३ खर्ब ६० अर्ब २७ करोड २५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया