काठमाडौँ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ३ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ००१.४३ अमेरिकी डलर र चाँदी ४८.६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया