सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट, सबै उपसुचक राताम्मे


काठमाडौं । सेयर बजार परिसुचकमा दाहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा पुगेको हो ।

कारोबारमा आएका ३२३ वटा कम्पनीमध्ये २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार ४७ हजार २६८ पटकको कारोबारमा १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयरहरु ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

आइतबार सबै उपसुचक राताम्मे देखिदा वित्त समूह सबैभन्दा बढी २.९१ प्रतिशतले घटेको छ । विकास बैंक समूह १.८१ प्रतिशतले घटेको बजारमा लगानी समूह १.५५ प्रतिशत, निर्जीवन बीमा समूह १.३५ प्रतिशत, जीवन बीमा समूह १.३४ प्रतिशत, वाणिज्य बैंक समूह १.२९ प्रतिशत, लघुवित्त समूह १.२८ प्रतिशत, जलविद्युत समूह १.१८ प्रतिशतले घट्दा म्याचुअल फण्ड समूह १.०८ प्रतिशतले घटेको छ ।

समग्र बजारमा गिरावट आउँदा पनि दरमखोला हाइड्रो, मबिलुङ इनर्जी, सागर डिस्टीलरी र रुरु जलविद्युत आयोजनाको सेयर मूलय १० प्रतिशतले बढेको छ ।

यता, उन्नती सहकार्य लघुवित्तको सेयर मूलय १० प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ६.६७ प्रतिशतले घटेको बजारमा मानुषी लघुवित्तको सेयर मूल्य ५.८८ प्रतिशत, सम्पदा लघुवित्तको सेयर मूल्य ५.३२ प्रतिशत र मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य ४.९९ प्रतिशतले घटेको छ ।

युनियन हाइड्रोपावर २७ करोड ७६ लाख ७३ हजार रुपैयाँको कारोबार सहित कारोबार रकमको आधारमा शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा माउन्टेन इनर्जी नेपाल १ हजार ६११ पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब ९५ अर्ब ६७ करोड ५६ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार कूल बजार पूँजीकरण ४३ खर्ब ४५ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।