आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंगलबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल, बुटवल, रुपन्देहीमा बिहान साढे ९ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।