शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता


काठमाडौँ । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, शिवम्‌ले ०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।

शिवम्‌को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्‌ले दुई करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  ०७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।