काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ झण्डै पाँच हजार रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३४.३५ अमेरिकी डलर र चाँदी ५०.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया