काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमती दिएको छ ।
कम्पनीले २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।










प्रतिक्रिया