नेपाली बजारमा बुधबार पनि सुनको मूलय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँ तोकिएको छ । चाँदी बुधबार तोलाको १० रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया