मिर्मिले लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गरेको हो ।
कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३० प्रतिशत गरी कुल १२.६३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकले उक्त लाभांशलाई संशोधन गर्न निर्देशन दिए बमोजिम लघुवित्तले लाभांश घटाएको छ ।
लघुवित्तको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४८२ प्रतिशत गरी कुल ९.६८२९ प्रतिशत लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया