कुमारी बैंकको क्यूआर कोड स्क्यान गरी चेक बिनै नगद झिक्न सकिने

0
Shares

कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधाको थालनी गरेको छ ।

बैंकको सुविधा अन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।

ग्राहकवर्गले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्ड मार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् ।

क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानी नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुनेमा पनि बैंक विश्वस्त छ ।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।