
कृषि विकास बैंकको चौधौं बार्षिक साधरणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ ।
बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ बुधबार भर्रचुअल माध्यमबाट सम्पन्न भएको हो ।
उक्त साधरणसभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको छ । त्यस्तै बैंकको सरकारको अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकले दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा दिदै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया