रु रु जलविद्युत परियोजनाको नाफा घट्यो


काठमाडौँ । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण विद्युत बिक्री आम्दानी स्थिर भएपनि प्रशासनिक खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।

गत असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।  गत वर्ष पनि कम्पनीले यति नै विद्युत विक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४४.८२ प्रतिशतले घटेर ८ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ भने प्रशासनिक ५३.६५ प्रतिशतले बढेर ३३ लाख ७१ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ९८ पैसा घटेर २३ रुपैयाँ २२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा रहेको छ।

चुक्ता पूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  ०९ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।