सुनको मूल्य करिब ६ हजारले बढेर तोलामा साढे दुई लाख नाघ्यो


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २११.५८ अमेरिकी डलर र चाँदी ५४.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।