नवलपुरमा वर्षाले १ करोड ८० लाख रुपैयाँ बराबरको धानमा क्षति


त्रिवेणी । धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको छ ।

कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धान बालीमा क्षति पुगेको बताए।

नवलपुरमा हालैको वर्षाका कारण १९० हेक्टर क्षेत्रफलमा काटेर राखिएको धान बालीमा क्षति पुगेको कृषि अर्थ विज्ञ ढकालले बताए। त्यसबाट ५२१ मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए।

नवलपुरमा यो वर्ष करिब १८ हजार ३०० सय हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएको कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ ढकालले बताए। अहिले धान भित्र्याउने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म करिब ७५ प्रतिशत किसानले धान काटेर भित्र्याएका छन् । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब १ हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको कृषि अर्थ विज्ञ ढकालले बताए।

 

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।