राजश्वका कम्प्युटर अपरेटर ४३ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई ४३ हजार घुस सहित पक्राउ गरेको छ ।

अपरेटर राजन शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो ।

राजन शर्मा र सन्तोष थापा मगर दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट टङ्गालबाट खटिई गएको आयोगको टोलीले नियन्त्रणमा लिइ अनुसन्धान अघि सारिएको आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।