जग्गाको कित्ताकाट फेरि सुरू, ५०० पालिकालाई राहत


काठमाडौं । सरकारले जग्गा वर्गीकरण नगरेका कारण कित्ताकाट रोकिएका पालिकालाई वर्गीकरणको म्याद थपसँगै कित्ताकाट पुनः खुला गरेको छ ।

अब ती पालिकाले कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेर भू–उपयोग नियमावली अनुसार कानुनी रूपमा कित्ताकाट गर्न सक्ने भएका छन् ।

हालसम्म २५३ पालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी करिब ५०० पालिकाले वर्गीकरण नगरेका कारण साउनदेखि कित्ताकाट रोकिएको थियो ।

वर्गीकरणमा प्राविधिक समस्या देखिएकाले वर्गीकरण गर्न नसकेका पालिकालाई २०८३ असार मसान्तसम्मको समय थपिएको हो ।

भू–उपयोग नियमावली २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो ।

यसअघि वर्गीकरण नगरेका करिब ५०० पालिकामा गत साउन यता कित्ताकाट रोकिएको थियो । नयाँ निर्णयपछि ती सबै पालिकामा पुनः जग्गा कारोबार र प्रशासनिक प्रक्रिया सुचारु हुने भएका छन् ।

 

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।