
गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा बुधबार सम्पनन भएको छ ।
संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा धनकुटा स्थित न्यू अन्जुली होटलमा बुधबारका सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७६।७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा सहभागी शेयरधनी महानुभावहरुले कोरोना भाईरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको ब्यवसाय वृद्धि गर्न सुझाव दिएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया