कामना सेवा विकास बैंकको चौधौँ साधारण सभा सम्पन्न, लाभांश अनुमोदन

0
Shares

कामना सेवा विकास बैंक (KSBBL) को चौधौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा कोरोना माहामारीका कारण भर्चुअल माध्यमबाट सभा सम्पन्न गरिएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड ०१ लाख ९५ हजार ३५२ रुपैयाँको ४.४० प्रतिशतका दरले हुने रकम ११ करोड १७ लाख ६८ हजार ३७९ रुपैयाँ बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात ५८ लाख ८२ हजार ५४६ रुपैयाँ बराबरको नगद गरी कुूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

साधारण सभामा बैंकको चुक्ता पूँजीको झण्डै ६० प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी ३७ जना शेयरधनी महानुभावको स्वयम् उपस्थिति रहेको तथा १०० जना भन्दा बढी शेयरधनीहरु जुम मार्फत जोडिएका बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।