काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १८७.०२ अमेरिकी डलर र चाँदी ५२.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया