सेञ्चुरी बैंकले पारित गर्‍यो दुई आर्थिक वर्षको लाभांश, तीन सञ्चालक चयन

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को नवौ तथा दशौं वार्षिक साधारणसभा पुस २९ गते सम्पन्न भएको छ।

साधारणसभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो।

साधारणसभाले शेयरधनीहरुलाई आ.व. २०७५/०७६ को मुनाफाबाट चुक्ता पूँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस शेयर तथा उक्त बोनस शेयर वितरणपश्चात् हुन आउने चुक्ता पूँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ।

साधारणसभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।

चालू आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।