पारस खड्काद्वारा महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका ३ विजेताको नाम घोषणा

0
Shares

क्रिकेटर पारस खड्काले महिन्द्रा ट्रयाक्टर उत्सव योजनाका बम्पर लक्की ड्रका ३ जना विजेताको नाम घोषणा गरेका छन् । विजेताहरुमा धनकुटाका योग राज राई, नेपालगंजका निरन्जना चौधरी र राम बहादुर कामी रहेका छन् ।

यस योजना अन्तर्गत जीवन बीमा (रु ५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो ।

यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्थाअनुसार आज लक्की ड्रमार्फत नाम सार्वजनिक गरिएको हो ।

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।

स योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पु¥याएका छन् ।

दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो । यो योजना ३० भाद्र २०७७ (१५ सेप्टेम्बर) देखि १५ मंसिर २०७७ सम्म (३० नोभेम्बर २०२०) सम्म मान्य थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।