सर्वोत्तम सिमेन्ट नाफामा, बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढ्यो


काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेड नाफामा पुगेको छ । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा ४०८.८१ प्रतिशतले बढेर ६१ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १५.९१ प्रतिशतले घटेर ६ करोड ६१ लाख रुपैयाँमा सिमित भएको छ भने कुल खर्च ८१.८९ प्रतिशतले बढेर २७ करोड २ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ।
चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।